दिपक क्षेत्री को जीवन अहिले अफ्ठ्यारोमा छ । यस्तो पनि हुन्छ कहिलेकाहीँ कि जिन्दगीले जिन्दगीकै मोल लगाइदिन्छ । अहिले यस्तै भएको छ यिनको जीवनमा । यी कलाकारको अभिनय हेर्दै हुर्किएको हो मेरो जीवन । यी यति सशक्त थिए कि, हामी पर्दाकै दिपक क्षेत्रीसँग डराउथ्यौँ । यिनै खलनायकको जिन्दगीले अहिले यिनैलाई थर्कारहेको छ । धम्काईरहेको छ । मात्र केही पैसाको नापतौल नमिलेर उनको शरिरले जिन्दगी गुमाउनु हुँदैन । आउनुस् दिपक क्षेत्रीलाई मन फुकाएर सहयोग गरौँ । उनी अफ्ठ्यारोमा छन् । दिपक क्षेत्रीको जिन्दगी बिरामी छ ।
तपाइँ अस्ट्रेलिया हुनुहुन्छ भने, INAS अस्ट्रेलिया ले तलको एकाउन्टमा सहयोग संकलन गरिरहेको छ । INASलाई धेरै धेरै धन्यवाद । र, धन्यवाद विश्वभरी रहेका नेपालीहरूलाई । मैले पहिले देखि नै भन्दै आएको छु । नेपाली जताततै हुनु भनेको, नेपाल फराकिलो हुनु हो ।
BSB -06 2443
ACC -1136 0653
INAS SYDNEY
Please mention DEEPAK CHHETRI in the Reference
(Photo Credit: Canada Nepal)
Comments
You may like this